
धनगढी – कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो।

भुललाई घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।













