वैदेशिक रोजगारी सम्बन्धि सेवा संस्थागत गर्नेबारे सरोकारवालासंग अन्तरक्रिया

Image
maya metro

अत्तरिया – वैदेशिक रोजगारी सम्बन्धि सेवा संस्थागत गर्नेबारे सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षीत आप्रवासन (सामी) कार्यक्रमले कैलालीको गोदावरी नगरपालिकाका सबै शाखा प्रमुखहरु,गेसी सम्पर्क व्यक्तिहरु तथा न्यायिक समितिसंग अन्तरक्रिया अन्तरक्रिया गरेको हो ।

nisarga

अन्तरक्रियामा सहभागि स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले शाखा प्रमुखहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई स्वास्थ्य बिमामा आवद्ध गर्नुपर्ने बताए ।

त्यस्तै महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्रीले स्वदेशमै रोजगारमा आवद्ध गर्न बजेट व्यवस्थापन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा गोदावरी नगरपालिकाका रोजगार शाखा प्रमुख रोहित जोशी तथा सामीका जिल्ला संयोजक विष्णु चौधरीले प्रस्तुतीकरण गरेका थिए ।