
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा देखिएको लामो समयदेखिको विवाद समाधान तथा संघलाई निकासतर्फ लैजान उद्योगी, व्यापारी तथा व्यवसायीहरूको भेलाले निर्वाचन मार्फत नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
शनिबार आयोजित व्यवसायिक भेलाले निर्वाचन प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी गर्ने निष्कर्ष निकालेको छ ।

संघका अध्यक्ष कल्याण सिंह बोहराका अनुसार संघको दर्ता नवीकरण प्रक्रिया जेठ २५ गतेदेखि सुरु गरी असार १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।
साथै, २०८३ साल असार २७ गते वार्षिक साधारण सभा र असार २८ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय समेत गरिएको छ ।
संघको २०८० सालमा आयोजित प्रादेशिक महोत्सवका क्रममा भएको नक्कली ठेली बरामद प्रकरण पछि विवाद उत्पन्न भएको थियो।
उक्त घटनापछि संघको नेतृत्वमाथि विभिन्न आरोप लागेका थिए भने कानुनी प्रक्रिया समेत अघि बढेको थियो।














