व्यावसायिक मकै खेती उत्साहजनक

Image
maya metro

अछाम – अछामको साँफेबगरमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ । वडा नम्बर ४ मा रहेको सहकारी अछामकै नमुना सहकारी बनेको छ ।

कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनीमा व्यावसायिक मकै खेती गरी उत्साहजनक परिणाम हासिल गरेको हो ।

nisarga

सहकारीले उत्पादन गरेको हरियो मकैको माग स्थानीय बजारमा अत्यधिक रहेको सहकारीले जनाएको छ । मकै उत्पादन सुरु भएसँगै ग्राहकले खेतबारीमै पुगेर खरिद गर्ने गरेका छन् । सहकारीका अनुसार हालसम्म करिब ४१ हजार रुपियाँ बराबरको मकै बिक्री भइसकेको छ । अझै बिक्री हुने मकै बाँकी छ ।

सहकारीका अध्यक्ष सुरत भुलले कृषि उत्पादन वृद्धि गर्न‘का साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक मकै खेती सुरु गरिएको बताए । उनले सहकारीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

अध्यक्ष भुलले भने, “कृषिलाई आयआर्जनको मुख्य आधार बनाउने लक्ष्यसहित सहकारीले विभिन्न उत्पादनमूलक गतिविधि अघि बढाएको छ । त्यसमध्ये मकै खेतीबाट प्राप्त उत्साहजनक नतिजाले आगामी दिनमा अझ बढी क्षेत्रफलमा खेती विस्तार गर्न प्रेरणा दिएको छ ।”

त्यस्तै सहकारीका प्रबन्ध निर्देशक महेश्वरी बुडथापाले स्थानीय उत्पादनको प्रवर्धन गर्दै ताजा तथा गुणस्तरीय मकै उपभोक्तासम्म सस्तो र सहज मूल्यमा पु¥याइएको बताए । उनले स्थानीय उत्पादनको उपयोगले किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएकाले स्वदेशी उत्पादनप्रति विश्वास बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सहकारीले मकै खेतीसँगै तरकारी खेती तथा भैँसीपालन व्यवसायसमेत सञ्चालन गर्दै आएको छ । बहुआयामिक कृषि तथा पशुपालन गतिविधिका कारण सहकारीले उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महìवपूर्ण योगदान पु¥याइरहेको छ ।

स्थानीय उत्पादनप्रति उपभोक्ताको बढ्दो आकर्षण र सहकारीको सक्रियताले आसपासका किसानलाई समेत व्यावसायिक कृषि व्यवसायतर्फ प्रेरित गरेको छ ।