शिवशक्ति युवा क्लबको आयोजनामा प्रथम वडा कप फुटबल प्रतियोगिता सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा प्रथम वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

शिवशक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको शनीबार वडा नम्बर-८ का वडा अध्यक्ष गोविन्द चौधरीले उद्धघाटन गरेका हुन् ।

nisarga

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्न वडा प्रतिवद्ध रहेको बताए ।

खेलले व्यक्तिको सर्वपक्षीय विकासमा सहयोग पुग्ने भन्दै उनले शिवशक्ति युवा क्लबले स्थानीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।

क्लबका अध्यक्ष टेकराज अवस्थीले प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

उनले समाजलाई सकरात्मक बाटोमा हिँडाउन खेलकुद आवश्यक रहेको भन्दै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न स्थानीय सरकारलाई आग्रह गरे ।

पाँच वटा टिम सहभागी रहेको प्रतियोगितामा २१ हजार पाँच रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रथम पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीहरुलाईउचित पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

वडा नम्बर ८ को मुख्य सहयोगमा शिवशक्ति युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।