
अत्तरिया – कैलालीको गेटा आँखा अस्पताल संघर्ष समिति आन्दोलित भएको छ ।
विभिन्न मागहरू राख्दै समितिले आजदेखि आन्दोलन सुरु गरेको हो ।

गणेश विष्ट संयोजकत्वमा रहेको समितिले अस्पताल भित्त्र राजनीति बन्द गर्नुपर्ने, कर्मचारी माथिको दमनको अन्त्य गर्नुपर्ने, स्वास्थ्यकर्मी सेवा सुविधा तथा बढुवा निश्चित गर्नुपर्ने,दिर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने समितिले माग गरेको छ ।
त्यस्तै गेटा आँखा अस्पतालमा अध्यक्ष सहित व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानिय सहभागिता सुनिश्चित गर्नुपर्ने, चिकित्सकको पदपूर्ती तत्काल गर्नुपर्ने, हालका व्यवस्थापन समितिका सदस्यहरुले सजिनामा गर्नुपर्ने, कर्मचारीद्वारा गरिने गैह्रकानूनी ठेक्काप्रथाको अन्त्य गर्नुपर्ने समितिको माग रहेको छ ।
कपुग कर्मचारी तत्काल नियुक्ति गर्नुपर्ने, शुद्ध खानेपानी तथा शौचालयको पर्याप्त व्यवस्था गर्नुपर्ने ,बिरामीहरु प्रतिको रुखो व्यवहार बन्द गर्नुपर्ने र गेटा आँखा अस्पतालको आय व्यय सार्वजनिक गर्नुपर्ने समितिले माग गरेको छ ।
तत्काल माग पूरा नभए संघर्षका थप कार्यक्रम अगाडि बढाउने समितिका संयोजक विष्टले बताएका छन् ।















