
अत्तरिया – सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सञ्जालको समीक्षा गोष्ठी धनगढीमा सम्पन्न भएको छ।
शान्तिदीपको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको समन्वय तथा सहकार्यमा सुरु भएको दुई दिने गोष्ठीको आइतबार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मान बहादुर कार्कीले उद्धघाटन गरेका थिए ।

सञ्जालकी संयोजक भगवती थापाको अध्यक्षतामा सुरु भएको गोष्ठीमा सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले आफूहरुले कार्यतालिकाबमोजिम काम सम्पन्न गरेको बताएका छन् ।
सञ्जालकी प्रतिनिधि कञ्चनपुरकी उर्मीला शाहीले आफूहरुले कार्यतालिक अनुसारका कार्यक्रमहरु सम्पन्न गरेको बताइन् । उनले न्यून बजेटमा परिणाममुखी कार्यक्रम गर्नुपर्ने चुनौती आफूहरुमाझ रहेको बताइन् ।
तीनै तहका सरकारहरुले लैङ्गिक हिंसा रोकथाम तथा महिला शसक्तिकरणका विषयमा गम्भीर बन्नुपर्ने उनीहरुले माग गरेका छन् ।
दोस्रो दिनको गोष्ठीमा सहभागी भएका सामाजि विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले गैर सरकारी संस्थाले समुन्नत समाज विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख कार्की तथा धनगढी उप महानगरपालिकाकी पूर्व उप प्रमुख शुसिला मिश्रले प्रशिक्षण गरेका थिए भने शान्तीदीपका प्रतिनिधि जुद्ध रावलले सहजीकरण गरेका थिए ।














