कृषिजन्य वस्तुको बजारीकरणका लागि त्रिपक्षीय समझदारी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको कृषि बजारले कृषिजन्य वस्तुको बजारीकरण वृद्धी गर्न त्रिपक्षीय समझदारी गरेको छ ।

बजारका अध्यक्ष डिल्लीराज जोशीले कृषि बजार विरेन्द्रनगर र कृषि बजार कोहलपुरसंग ९ बुँदे समझदारी गरेका हुन् ।

nisarga

सोमबार सुर्खेको लादेमा सञ्चालन भएको अन्तर प्रदेशिय कृषि बजार व्यवसायिक समन्वय वैठकमा विभिन्न नौ बुदे समझदारी पत्रमा हस्ताक्षर गरिएको जोशीले बताएका छन् ।

बजारको माग, आपुर्ति तथा मुल्य प्रवृक्तिको जानकारी साझा गरिने र एक पक्षले अर्को पक्षलाई दैनिक तथा साप्ताहिक थोक मुल्य विद्युतिय माध्यमबाट उपलब्ध गराउनेछ समझदारी पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै एक अर्काका असल कृषि अभ्यास, बजार अनुभव तथा जानकारी साझा गर्ने र सामुहिक रुपमा कर्मचारीको क्षमता अभिवृद्दि गर्ने कार्यमा सम्बन्धित पक्षको सहकार्य रहने र मौसमी कृषि उपजको आपुर्ति शृङ्खलालाई सन्तुलित गरी बजार व्यवस्थापन गर्न आवश्यक पर्ने शित भन्डारको प्रयोग गर्न सम्बन्धित पक्षविच आपसी सहयोग रहने समझदारी भएको जोशीले बताएका छन् ।

रसायन रहित स्थानिय कृषि वस्तुहरुको प्रवद्र्धन गर्न र यसका लागी आ–आफ्नो प्रदेशमा लाग्ने कृषि मेला तथा प्रदर्शनी जस्ता कार्यक्रममा सक्रिय सहभागिताको लागि एक अर्कालाई सहयोग गरिने सहमति भएको छ।

समझदारी जेठ २५ गतेदेखि लागू भइ २०८४ असार मसान्तसम्म कायम रहने बताइएको छ ।

उक्त समझदारीले कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको बजारका अध्यक्ष जोशील जोशीले बताएका छन् ।