च्याउ टिप्न गएका दुई जनालाई गोदावरी नदीले बगायो, आर्यघाट नजिकै शव फेला

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले बाढीमा बगेका दुर्वजनाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको बताएका छन् ।

उनकाअनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । उनीहरु दुवैजना शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न भनेर घरबाट निस्किएका थिए ।

त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।