अत्तरिया जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत संकलन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत संकलन भएको छ । आइतबार (आज) अत्तरिया बसपार्कमा आयोजित कार्यक्रममा ६९ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक ज्ञानेन्द्र खड्काले बताएका छन् ।

अत्तरिया जेसीज वर्ष २०२६ का अध्यक्ष बम बहादुर बोगटीले अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा रक्तदाताहरूले दान गरेको रगतले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

nisarga

नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सिटी सहकारीले आर्थिक सहयोग गरेको थियो ।

रक्तदान कार्यक्रमले समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्नुका साथै रगतको अभावमा रहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।