
अत्तरिया – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी पार्टी नेपाल सुदूरपश्चिम प्रदेश १ र २ नम्बर ब्युरोले साम्राज्यवाद, विस्तारवाद र फासीवादविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा जन–सचेतना कार्यक्रम सुरु गरेको छ ।
२ नम्बर सेक्रेटरी लाल बहादुर मडैको सभाध्यक्षतामा कैलालीको गोदावरी-७ स्थत गौडीबाट सुरु गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि २ नम्बर ब्युरो इन्चार्ज लाल बहादुर जाग्री रहेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै जाग्रीले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा जनताको अधिकारको संरक्षणका लागि नागरिक स्तरमा सचेतना आवश्यक रहेको बताएका छन् ।
उनले बाह्य हस्तक्षेप, विस्तारवादी सोच तथा फासीवादी प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध संगठित जनमत निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै देशको स्वाधीनता र जनअधिकारको रक्षा गर्न नागरिकको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
२ नम्बर ब्युरो उपाध्यक्ष टंक कोइरालाले देश गलत व्यक्तिको हातमा पुगेको बताए । उनले अलिहेको सरकारले गरिब र सुकुम्बासीलाई निशाना बनाएर लखेट्ने काम गरिरहेको आरोप लगाएका छन् ।
सरकार अरुबाटै परिचालित भइरहेको हुँदा देश गम्भीर मोडमा पुगेको उनको भनाई छ । सुदूरपश्चिमका विभिन्न स्थानमा उक्त कार्यक्रममा सञ्चालन गरिने पार्टीको २ नम्बर ब्युरोका सदस्य राम बहादुर धामीले बताएका छन् ।















