अत्तरिया खानेपानीमा लघु रुद्राभिषेक यज्ञ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले संस्थामा लघु रुद्राभिषेक यज्ञ गरेको छ ।

संस्थाको नवनिर्मित भवनको वास्तु पूजाका साथै संस्थाको उत्तरोत्तर प्रगति, उपभोक्ताको सुख, शान्ति, समृद्धि तथा सर्वकल्याणको कामनासहित संस्थामा पूजा आयोजना गरिएको संस्थाका महासचिव धर्मसिंह कुँवरले बताए ।

nisarga

शनीबार बिहान ९ बजेदेखि सुरु भएको पूजा राति ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।