
अत्तरिया – कैलालीमा जीप र स्कुटर आपमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–८ गप्कामा आइतबार साँझ सुपप्र ०१–०११ प ३१५५ नम्बरको स्कुटर र से १ च १८६७ नम्बरको जीप आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ बस्ने ३८ वर्षीय जनक रिमाल र पछाडी सवार उनकी श्रमिती धना रिमाल घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । जीप प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।















