अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ११ पदका लागि ४३ जना मैदानमा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भोलि हुने निर्वाचनका अन्तिम उम्मेदवारको नामावली प्रकाशन भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शनीबार (आज) राती ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । निर्वाचन समितिका संयोजक देवराज भट्टका अनुसार शनिवार उम्मेदवारी दर्ताका लागि तोकिएको समय भित्रमा अध्यक्ष सहित ३ र वरिष्ठ उपाध्यक्ष सहित १ प्यानलले उम्मेदवारी दर्ता गराएका थिए ।

nisarga

निर्वाचन कार्यतालिका अनुसार शनीबार (आज) राती ८ः३० बजेदेखि ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएकोमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । संघको ११ पदका लागि ४३ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका छन् । त्यस्तै भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी छिन ।

अध्यक्षका उम्मेदवार कमल कडायतको प्यानलबाट उद्योग उपाध्यक्षमा धना देवी चोखाल, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, बस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा बालकृष्ण ओझा, सचिवमा धिरेन्द्र बोहरा र सदस्यहरुमा शेखर पनेरु, डिल्लीराज ओझा, चन्द्र सिंह धामी र घनश्याम जोशी रहेका छन ।

अध्यक्षका उम्मेदवार रमेश भट्टराईको प्यानलबाट उद्योग उपाध्यक्षमा लोकराज ओझा (एलआर), वाणिज्य उपाध्यक्षमा विरेन्द्र बिष्ट, बस्तुगत उपाध्यक्षमा समिर गिरी, महासचिवमा गोकुल भट्ट, कोषाध्यक्षमा दिपेन्द्र अवस्थी, सचिवमा राजन सिँजापति र सदस्यहरुमा यादव भट्ट, लक्ष्मीराज ओझा, रिमादेवी कट्टेल र छत्र बिश्वकर्मा रहेका छन ।

अध्यक्षका उम्मेदवार नैन सिंह कार्कीको प्यानलबाट उद्योग उपाध्यक्षमा सुर्य प्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा पुर्ण प्रसाद चौलागाईं, वस्तुगत उपाध्यक्षमा लहानु चौधरी, महासचिवमा प्रकाश बहादुर कुवँर, सचिवमा मनोजराज दमाइ (परियार), कोषाध्यक्षमा दिपक प्रसाद न्यौपाने र सदस्य सुर्य खत्री, पदम बहादुर बोहरा, डल्लु रानमगर र चन्द्रा कुमारी रावत रहेका छन ।

बरिष्ठ उपाध्यक्षकी उम्मेदवार भिस्मा खड्का प्यानलबाट वाणिज्य उपाध्यक्षमा लक्ष्मण बहादुर धामी, बस्तुगत उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा अनिश सिंह, कोषाध्यक्षमा राम दत्त भट्ट, सचिवमा दीपक राज भट्ट र सदस्यमा गोविन्द बहादुर रोकाया, यज्ञराज जोशी, दिल बहादुर खत्री, दीपा चौधरी रहेका छन ।

भोलि (आइतबार) बिहान ८ बजे देखि ५ बजे सम्म मतदानको समय तोकिएको छ । अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् । गत जेठ २३ गते बसेको व्यवसायीक भेलाले संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते कार्यक्रम तय गरेको थियो । निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको समयसीमा तोकिएको थियो ।