
अत्तरिया – गोदावरी नगरपालिकाले शहीद दशरथ चन्द मेडिकल कलेज परिसरमा वृहत् सरसफाइ गरेको छ।
शुक्रबार प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको नेतृत्वमा गएको जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीको टोलीले विश्वविद्यालय परिसरमा झाडी सफाइ तथा मैदान मिलाउने काम गरेको हो।

नगरपालिकाले डोजर, एक्स्काभेटर र ट्याक्टरसहितका उपकरण प्रयोग गरेर झाडी हटाउने, घाँस काट्ने र जमिन सम्याउने काम गरेको हो।
विश्वविद्यालयले सरसफाइका लागि सार्वजनिक आह्वान गरेपछि नगरको टोली सहयोगका लागि पुगेको हो।
विश्वविद्यालय परिसरमा केही दिनदेखी निरन्तर झाडी सफाइको काम चलिरहेको छ ।













