कैलालीमा ५ लाख ७४ हजार बढीका अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – कैलाली प्रहरीले भारतबाट भन्सार छलि गरेर ल्याइएका ५ लाख ७४ हजार ७ सय बराबरका विभिन्न अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले शनिबार धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिक, वडा नं. ९ बङ्ग्राकटान, त्रिवेणीघाट र वडा नं. १२ कम्पनीटोल क्षेत्रबाट बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो।

nisarga

बरामद गरिएका सामानमा चिनी, बिडी, सुर्ती, कफी, मसला, प्लास्टिकका दुना–टपरी, प्लास्टिक झिल्ली तथा एउटा अटो लगायतका सामग्री रहेका छन्।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।