कृष्णपुरमा भएको सडक दुर्घटनामा पुरुषको मृत्यु

Image
maya metro

अत्तरिया – महेन्द्र राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर-५ गजरौलामा आइतबार भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कंचनपुरको कृष्णपुर-७ का ३३ वर्षीय ओम प्रकाश भट्ट रहेका छन् ।

nisarga

आइतबार दिउँसो भट्टले चलाएको अत्तरियाबाट पश्चिमतर्फ गइरहेको सुप प्र ०१-०१० प ५११० मोटरसाइकल सडकमा डोर्याइएको पाडोसंग ठक्कर दिँदै विपरीत दिसाबाट आइरहेको सुप प्र ०१-००१ च ४३४७ स्कारपियोमा ठोक्किएको थियो ।

सोक्रममा गम्भीर घाइते भएका भट्टको उपचारकाक्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

पाडोधनी कृष्णपुर- १ श्रीपुर बस्ने गाजीराम सार्की र स्कारपियो चालक गोदावरी-१ का सुवास चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।