सैनिक महाविद्यालय तेघरी र दुर्गालक्ष्मी नमूना माविबिच मैत्रीपूर्ण छात्रा भलिबल प्रतियोगिता सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोादवरी-२ मा रहेको सैनिक आवासीय महाविद्यालय तेघरी र दुर्गालक्ष्मी नमूना माविबिच मैत्रीपूर्ण छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

सैनिक आवासीय महाविद्यालय तेघरीद्धारा सोमबार (आज) आयोजित प्रतियोगितामा दुर्गालक्ष्मी नमूना मावि विजयी भएको महाविद्यालयका अतिरित्त क्रियाकलाप विभाग प्रमुख इन्द्रबहादुर सिंहले बताएका छन् ।

nisarga

विद्यार्थी खेलाडीहरूबीच आपसी मित्रता, खेल भावना, अनुशासन तथा खेलकुद सीपको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेघरीका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर राना, बन्दोबस्ती अधिकृत सेनानी सबिन खत्री, भाइस प्रिन्सिपल नरेन्द्रबहादुर ऐरी, सहायक बन्दोबस्ती अधिकृत सह सेनानी शनी तामाङ, महाविद्यालयका समन्वयकर्ता तथा अन्य शिक्षक–कर्मचारीहरूसहित दुर्गालक्ष्मीका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा दुवै विद्यालयबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो । खेलाडीहरूको उत्साह वृद्धी गर्दै खेलकुदमार्फत आपसी मित्रता, सहकार्य र भाइचाराको भावना अझ सुदृढ बनाउने उद्देश्यले सैनिक महाविद्यालयले यस्ता प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको प्रमुख व्यवस्थापक रानाले बताएका छन् ।