विद्युतमा कर खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले सुदूरपश्चिममा पनि धमाधम हस्ताक्षर संकलन गर्दै

Image
maya metro

अत्तरिया – विद्युतमा कर खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले सुदूरपश्चिममा पनि धमाधम हस्ताक्षर संकलन गरिरहेको छ ।

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै भदौ ४ गतेदेखि नै धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेकोमा आजदेखि अत्तरियामा पनि सुरु गरिएकोे छ ।

nisarga

उज्यालो नेपाल पार्टीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दिलीप आर्चायले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको भन्दै पार्टीको केन्द्रस्तरिय निर्णय अनुसार सुदूरपश्चिममा पनि हस्ताक्षर अभियान सञ्चालन भइरहेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीले भदौ १ गते काठमाडैंको माइतीघरदेखि उक्त अभियान सुरु गरेको थियो ।