राष्ट्रिय टि १० क्रिकेट प्रतियोगितामा सहभागी हुँदै सत्यवती एकेडेमी, होटल जंगल स्पाको साथ

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय टि १० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

कैलाली क्रिकेट संघले असोज ४ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

nisarga

प्रतियोगितामा कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमी पनि सहभागी हुने भएको छ ।

यो महत्वपूर्ण प्रतियोगितामा सहभागी हुनु आफ्नो लागि गौरवको विषय भएको सत्यवती एकेडेमीले बताएको छ ।

सत्यवतीले पढाइसंगै खेलकुदलाई समेत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

सत्यवतीको यस क्रिकेट यात्रामा अत्तरियामै रहेको सुविधा सम्पन्न होटल जंगल स्पाले साथ दिएको छ ।

जंगल स्पाले सत्यवतीलाई खेल अवधीभर खेलाडीहरुलाई खाजा र बस्ने सुविधा निशुल्क प्रदान गर्ने भएको हो ।

करोडौं लगानीमा सञ्चालीत होटल जंगल स्पाले स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

विद्यालयलाई गरेको उक्त सहयोगका लागि सत्यवतीले जंगल स्पाप्रति आभार व्यक्त गरेको छ ।