सैनिक आवासीय महाविद्यालय तेघरीले मनायो बाल दिवस

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सैनिक आवासीय महाविद्यालय तेघरीले विभिन्न कार्यक्रम आयोजना गरी आज बाल दिवस मनाएको छ।

विद्यालयका प्रिन्सिपल सिद्देश्वर पन्त प्रकाश, प्रमुख व्यवस्थापक खिलबहादुर राना, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा विद्यालयले ६२ औं बाल दिवस मनाएको हो ।

nisarga

कार्यक्रममा बोल्दै प्रमुख व्यवस्थापक रानाले बालबालिकालाई उनीहरूको अधिकार पूर्ण रूपमा उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनुपर्ने उनले बताए ।

त्यस्तै विद्यालयका प्रिन्सिपल पन्तले बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताए।

बालमैत्री वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनले बताए ।

बालबालिकालाई पढाइसँगै सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने पन्तले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।