लालपुरमा कुखुरा फार्मभित्र पसेका कुकुरले एक हजार चल्ला मारे, डेढ लाखको क्षति

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-६ स्थित लालपुरमा कुखुरा फार्मभित्र छिरेर दुई कुकुरले चल्ला मारेका छन् ।

स्थानीय मान ऐरले सञ्चालन गर्दै आएको भगवती कृषि फार्ममा पसेका दुई कुकुरले पाँच दिनअघि हालेका ब्रोइलर कुखुराका एक हजार चल्ला मारेका हुन् ।

nisarga

यसबाट आफूलाई करिब डेढ लाख बराबरको क्षति पुगेको सञ्चालक ऐरले बताएका छन् ।

दुई वर्षसम्मको निरन्तर स्वास्थ्य उपचारपछि व्यावसायिक कृषिमा फर्किने आफ्नो प्रयासमाथि बज्रपात परेको ऐरले बताएका छन् ।

यसअघि पनि निरन्तर कृषिमै काम गर्दै आएका उनले ७ हजारसम्म कुखुरा पाल्न सक्ने क्षमताको फार्म विस्तार गरेका थिए ।