कैलालीकी युवतीको गौरीफन्टा नाकाबाट उद्दार

Image
maya metro

अत्तरिया – कैलालीको घोडाघोडीकी अन्दाजी २२ वर्षीया युवतीलाई भारत गइरहेको अवस्थामा गौरीफन्टा नाकास्थित त्रिनगरबाट उद्दार गरिएको छ । माइती नेपाल र शान्ती पुनःस्थापना गृहले ती युवतीलाई उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।

उनी काठमाडौँमा जागिर गर्दै आएकी थिइन् । सामाजिक सञ्जालबाट भारतीय युवकसँग प्रेम सम्बन्धमा परेकी थिइन् । भारतीयले राम्रो जागिर लगाइदिने प्रलोभन दिएर बोलाएपछि उनी एक्लै भारत जादै थिइन् ।

nisarga

परिवारलाई समेत थाहा नदिएर भारत गइरहेकी उनलाई सीमा क्षेत्रमा सोधपुछका क्रममा प्रलोभनमा परेर उनी भारत गइरहेको खुलेको थियो ।

त्यसपछि माइती नेपाल र शान्ति पुुनःस्थापना गृहले उनको उद्दार गरेर परिवारको जिम्मा लगाएको होे ।