दशैं अवधिभर टिपर सञ्चालनमा रोक

Image
maya metro

बडादशैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर १० दिन टिपर सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्नरनगराउन अनुरोध गरेको हो।

nisarga

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।

उनका अनुसार दशैँका समयमा बीपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।

टिपर सञ्चालनमा रोक लगाउँदा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्नरनगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।