
अत्तरिया – पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी-८ खुटियामा आधा घण्टा चक्काजाम गरिएको छ ।
गोदावरी नगरपालिका–८ स्याउलेकि ६१ बर्षिया तारा देवि धामिलाई कार्तिक १ गते साँझ ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक अझै पक्राउ नपरेको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका हुन् ।

आज बिहान उनीहरुले करिब आधाघण्टा सवारीसाधन ठप्प पारेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले आगामी दुईदिन भित्र चालकलाई पक्राउ गर्ने प्रतिवद्धतापछि चक्काजाम खुलेको हो ।






























