गोदावरीमा आतंक मच्चाउँदै आएको चितुवा नियन्त्रणमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा करिब तीन सातादेखि आतंक मच्चाउँदै आएको चितुवा नियन्त्रणमा लिइएको छ।

गोदावरी नगरपालिका–६ अन्तर्गत लालपुर, रामजानकी टोललगायत आसपासका बस्तीमा आतंक मच्चाउँदै आएको चितुवा मंगलबार साँझ नियन्त्रणमा आएको हो।

nisarga

सबडिभिजन वन कार्यालय अत्तरियाको टोलीले स्थानीयको सहयोगमा चितुवा नियन्त्रणका लागि पासो थापेको थियो। साँझ करिब ५ बजे थापिएको पासोमा केही घण्टामै चितुवा परेको हो।

चितुवाले पछिल्लो समय स्थानीयका कुकुर, बंगुर र बाख्रा मारेर खाने गरेको थियो। चितुवा बस्ती आसपास देखिन थालेपछि स्थानीय त्रसित बनेका थिए।