
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–५, गेटा बराचोकस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थानीय २८ वर्षीय रमेश रानाले सञ्चालन गरेको रमेश होटलको कोठामा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

सो क्रममा होटल सञ्चालक रमेश रानासहित १४ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद ६८ हजार ६१० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।































