
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी पुलमुनि एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा गोदावरी ४ का २७ वर्षीय शेरबहादुर रानामगर रहेका छन्।

आइतबार बिहान भीमदत्त राजमार्गअन्तर्गत पहाड–तराई जोड्ने पक्की पुलको दाहिनेतर्फ करिब ५० मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनी प्रायः मादक पदार्थ सेवन गरी हिँड्ने र मानसिक सन्तुलनसमेत कमजोर जस्तो देखिने प्रहरीको प्रारम्भिक जानकारी छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























