गोदावरीमा रास्वपाको मौलिक देउसी–भैलो कार्यक्रम

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोदावरी नगर समितिले मौलिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ।

गोदावरी नगर सभापति आशिष धामीको सभाध्यक्षतामा अत्तरियास्थित महोत्सव मैदानमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हेमराज भट्ट प्रमुख अतिथि रहेका थिए।

nisarga

कार्यक्रममा कैलाली ४ का प्रतिनिधि सभा सदस्य खेमराज कोइरालासहित कञ्चनपुर-३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र महता र १ का प्रतिनिधि सभा सदस्य जनकसिंह धामी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा विभिन्न मौलिक नृत्य, देउडा प्रस्तुतिका साथै परम्परागत मौलिक खेलहरू समेत खेलाइएको थियो। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यसै अवसरमा ७७ जना व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।