गोदावरीमा तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-४ बास्कोटामा तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। ज्वालादेवी युवा क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको हो ।

क्लबका अध्यक्ष महेश्वर भट्टको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा गोदावरी नगरपालिका-४ का वडाध्यक्ष हेमप्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडासदस्यहरू शेरबहादुर घर्तिमगर, तारासिंह छेडाल, ईश्वरा नेपाली र रेश्मी देवी चौधरीको उपस्थिति रहेको थियो ।

nisarga

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ १० टिम र वडा स्तरिय महिलातर्फको भलिबलमा ५ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । कार्तिक २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट खेल नकआउट प्रणालीमा खेलाइनेछ ।

क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले ४१ हजार र द्वितीय हुने टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, वडा स्तरिय महिला भलिबलतर्फ प्रथम हुने टिमले २१ हजार र द्वितीय हुने टिमले ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका-४ को वडा कार्यालय रहेको छ । बास्कोटा सामुदायिक वन उपभोक्ता समिति प्रायोजक तथा बास्कोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र खैराना सामुदायिक वन उपभोक्ता समिति सहप्रायोजक रहेका छन् । कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नेहरूमा सर्वोत्तम पेन्ट्स, दिपेन्द्र भट्ट, दिपेन्द्र प्रकाश मल्ल, इन्द्र मल्ल, किशोर जङ्ग मल्ल र खेम राज भट्ट रहेका छन् ।