कोरोना संक्रमित दोब्बर, आज एकैदिन ९६८ जनामा संक्रमण पुष्टी

Image
maya metro

काठमाडौं – नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बर मानिसमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९६ जनामा संक्रमण देखिएको हो।

nisarga

हिजो बिहीबार ५ सय ४० जनामा संक्रमण देखिएको थियो।

याे अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  २ सय ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड ५९ लाख पाँच हजार ६ सय ६३ मात्रा खोप प्रयोग भएकोमा एक करोड १० लाख दुई हजार नौ सय ७६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।