अत्तरियामा भोलीदेखी हुने भनीएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा भोलीदेखी हुने भनीएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गरिएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघले एक प्रेश विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाद्धारा जारी विज्ञप्तीमा महोत्सवको तयारी पुरा भइसकेको भएपनि महोत्सव स्थगित गरिएको उल्लेख छ ।

nisarga