एमालेको प्रदेश अधिवेशनहरू सारिए

Image
maya metro

काठमाडौँ – नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

पछिल्लो समय कोभिड–१९ को महामारी पुनः फैलिएसँगै एमालेले प्रदेश अधिवेशन सारेको हो । सरकारले २५ जनाभन्दा बढी भेला हुन र भेला, अधिवेशन जस्ता कार्यक्रम गर्न रोक लगाएको छ ।

nisarga

८ माघका लागि तोकिएको एमालेको प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए  ।