एमाले कैलालीको भुगोलतर्फ गोदावरीका ४ जना निर्वाचित

Image
maya metro

अत्तरिया – नेकपा (एमाले) को ८औ महाधिवेशन अन्तरगत कैलालीमा सम्पन्न निर्वाचनमा क्षेत्र नं. ४ भुगोल तर्फ गोदावरी नगरका ४ जना उम्मेदवारहरु निर्वाचित भएका छन ।

निर्वाचनमा गोदावरी नगरपालिका – १ का हितेश ओझाले २७०, वडा नं. २ का गणेश जिमि साउँदले २५७, वडा नं. १ का वडाध्यक्ष समेत रहेका शर्मानन्द भट्टले २३३ र वडा नं. ५ गेटाका टेक बुढाले १९२ मत पाई विजयी भएका हुन ।

nisarga

यसैगरी क्षेत्र नं. ४ भुगोलतर्फ विजयी हुनेमा राजु गुरुङ्ग (२१०), बाले कामी (१६१), प्रेम बहादुर साउँद (१५७), जगत बोहरा (१८५), केदार प्रसाद ओझा (१८९) र उत्तम सापकोटा (२१०) रहेका छन ।