भौतिक पूर्वाधार मन्त्री लम्साललाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

Image
maya metro

बैतडी – सुदूरपश्चिम प्रदेशको भ्रमण रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई काठमाडौँ लगिएको छ ।

पहाडी जिल्लाका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमनका लागि बैतडी पुगेका मन्त्री लम्साल बिरामी परेपछि काठमाण्डौं लगिएको हो ।

nisarga

बैतडी पुगेका मन्त्री लम्साललाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं लगिएको रास्वपाका सुदूरपश्चिम उपसभापति भोजराज जोशी (क्वालिटी)ले बताए ।

शनिबार बैतडी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरोको संक्रमण देखिएको छ । ज्वरोका कारण उनको भ्रमण तालिका स्थगित भएको उपसभापति जोशीले बताए ।

सुदूरपश्चिमका विकास आयोजना तथा पूर्वाधार निर्माणको स्थलगत अनुगमनका लागि मन्त्री लम्साल साउन २९ गते धनगढी पुगेका थिए ।

उनले डोटी, डडेल्धुरा, दार्चुला जिल्लास्थित पूर्वाधारका निर्माणका संरचनाको स्थलगत अनुगमन गरेका छन् ।

आइतबार बैतडीका योजनाहरुको अनुगमनपछि बझाङ पुग्ने कार्यक्रम तय भएकोमा मन्त्री बिरामी परेपछि काठमाण्डौं लगिएको उपसभापति जोशीले बताए ।