काेराेना फैलिएपछि सर्वोच्चको सेवामा कटौती

Image
maya metro

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्वोच्च अदालतले सेवामा कटौती गरेकाे छ। मंगलबार बसेको

सर्वाेच्च अदालतकाे पूर्ण बैठकले ओमिक्रोनलगायतका विभिन्‍न भेरियन्टका कारण विषम परिस्थिति उत्पन्‍न भएको भन्दै भीडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो।

nisarga

सर्वोच्च अदालतमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा संक्रमण देखिएपछि सेवा प्रवामा कटाैती गरिएकाे विज्ञप्ति जारी गरी जानकारी दिएकाे छ।

‘अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ती, कानुन व्यवसायी एवं अदालतमा आउने अन्य सरोकारवालाहरूको स्वास्थ्य, सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा सञ्‍चालन गर्न उपयुक्त देखिएकोले आगामी दुई हप्तासम्म सेवाहरू कटौती गरिएको छ’ विज्ञप्तिमा भनिएकाे छ।