कैलाली सहित कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

Image
maya metro

काठमाडौं – कोरोना महामारीका कारण नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ।

यसअघि स्थगित भएको १६ जिल्लाको अधिवेशन माघ १५ गतेका गर्ने मिति तय भएको थियो। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गर्दै अर्को सूचना नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

nisarga

प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ। कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।

दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका १६ जिल्लाको अधिवेशन नभएर नै केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ।