जिल्ला अध्यक्षलाई एमाले गोदावरीका ११ अध्यक्षहरुको ज्ञापन:नगर कमिटी सिघ्र सन्चालन गर्न माग

Image
maya metro

अत्तरिया – नेकपा एमाले गोदावरीका ११ जना वडा अध्यक्षहरुले नगरकमिटि सिघ्र सन्चालन गरि पार्टीभित्रको विवाद समाधान गर्न माग गरेका छन् ।   पार्टीका कैलाली जिल्ला अध्यक्ष रतन थापालाइ ज्ञापनपत्र बुझाँउदै उनिहरुले गोदावरीको नगर  अधिवेशन र वडा नम्बर १ को वडा अधिवेशनमा देखिएको विवाद छिटो टुंग्याउन माग गरेका हुन् ।वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष सिंहले वर्तमान अध्यक्ष गोकर्ण भट्टकै नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै आफुहरुले एकसाथ ज्ञापनपत्र बुझाएको बताएका छन् ।