कञ्चनपुरमा घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

Image
फाईल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ मा बस्ने सन्तोश पाण्डेको परिवारका सबै सदस्यलाई बेहोस बनाएर दुई भारतीय नागरिकले शुक्रबार राति घरमा लुटपाट गरेका हुन् ।

घरमा २ दिन अगाडि मात्रै कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतीय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

nisarga

उनका अनुसार शुक्रवार राति ती भारतीय नागरिकले परिवारका सदस्यलाई श्रीमतीको जन्मदिन परेको भन्दै नसालु मिठाइ र केक खुवाएर बेहोस बनाएका थिए।

 पाण्डे, उनकी श्रीमती कमला, २० वर्षीया छोरी सोना, १८ वर्षीय छोरा सन्दिप र १४ वर्षीय छोरा सुदिप बेहोस अवस्थामा घरमै भेटिएका थिए । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने सबैको अवस्था सामान्य छ ।

लुटपाटमा संलग्न भारतीय नागरिकको पहिचान खुलेको छैन । उनीहरुले घरमा रहेको गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी गरेको पीडितले बताएका छन् । चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताएका छन्।