गायिका लता मंगेस्करको निधन

Image
maya metro

काठमाडौं – भारतीय सुप्रसिद्ध गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनले ९२ वर्षको उमेरमा आज विहान निधन भएको हो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

nisarga

उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिइन्। पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

उनको २८ सेप्टेम्बर, १९२९ मा मध्यप्रदेशमा जन्म भएको थियो। उनका बुवा पण्डित दिनानाथ मंगेशकर मराठी संगीतकार थिए। सानैदेखि संगीत क्षेत्रमा प्रवेश गरेकी लताले ३६ भाषामा गीत गाएकी छन्। उनले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन्।

उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्।