
धनगढी – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना थालिएको छ। शनिबार नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेराको ‘स्वीच अन’ गरेर बाघ गणनाको उद्घाटन गरेका हुन्।
बाघ गणनाका लागि २१ दिनसम्म शुक्लाफाँटा, लालझाडी र डडेल्धुराको जोगबुढा क्षेत्रमा हुने बाघ गणनामा ५२० वटा स्वचालित क्यामेरा र ७० जना प्राविधिक सहितको जनशक्ति परिचालन गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए। शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने अधिकृत मेहताले बताए।














