
धनगढी – नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको खप्तड, बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो।
जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली टुर’ कार्यक्रमको उद्धघाटन गरेका हुन्।आज पहिलो दिन हेलिकोप्टरबाट खप्तड र बडिमालिका घुम्नका लागि २० जना पर्यटक डोटी पुगेका थिए। आज खप्तड र बडिमालिका सम्म पुग्ने कार्यक्रम भएतापनि मौसम खराबका कारण त्यहाँ पुग्न नसकिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दिपकबहादुर खड्काले बताए ।

भोलिदेखि १० दिनसम्म नियमित रुपमा प्याकेज सञ्चालन हुने हुने बताए । बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना भईरहेको हो ।
१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ ।प्याकेजमा खप्तड घुम्न चाहनेलाई दीपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ ।
घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै कोरानाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको छ ।
यस्तो छ प्याकेज
















