लिटल फ्लावर प्रिमियर लिगः होलिल्याण्डलाई पराजित गर्दै एभरेस्ट एकेडेमी विजयी

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ विद्यालयस्तरीय टि–ट्वान्टी प्रतियोगितामा एभरेस्ट एकेडेमीले विजयी सुरुवात गरेको छ।

दोस्रो दिनको पहिलो खेलमा होलिल्याण्ड स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्दै एकेडेमीले विजयी सुरुवात गरेको हो। होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेटको क्षतिमा भेटायो।

nisarga

एभरेस्टको ब्याटिंगमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए। यसअघि टस जितेर ब्याटिंग गरेको होलिल्याण्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। होलिल्याण्डको लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन योगदान दिए।

एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ५ विकेट लिए। खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृष ऐर घोषित भए।