अत्तरियाको सत्यवतीद्धारा गुरुकुल १५४ रनले पराजीत

Image
maya metro

धनगढी – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० – ६ अन्तरगत आज भएको पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९।४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए ।

nisarga

सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धसतकीय आक्रामक पारी खेले । त्यस्तै सुजन गौतमले २७ बोलमा ४५ रन बनाए ।

सत्यवतीका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २/२ विकेट लिए ।

२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

खेलको प्लेयर आफ दी म्याच घोषित भएका सन्तोष कार्कीले गेम चेन्जर अवार्ड पनि पाए । सर्वाधिक छक्काको अवार्ड भने सन्दीप खत्रीले पाए । प्रतियोगिता अन्तरगत आजै अत्तरियाको होलिल्याण्ड र सैनिक आवासीय महाविद्यालय भिड्दै छन् ।