
कञ्चनपुर – कञ्चनपुरमा जुवातास खेलीरहेको अवस्थामा ८ जना पक्राउ परेका छन । आइतबार बेलुकी भीमदत्त नगरपालिका–४ बसपार्कस्थित वीरेन्द्र सिंहले सञ्चालन गरेको होटल एण्ड बारमा जुवातास खेल्ने ८ जनालाई नगद ७९ हजार ५ सय ९५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का ३० वर्षिय महेशसिंह धामी, २३ वर्षिय खेमराज जोशी, २७ वर्षिय शिवसिंह बस्नेत, २० वर्षिय भरत सिंह, २६ वर्षिय चक्र चन्द, २८ वर्षिय केशव साउद, २९ वर्षिय राजेश पन्त र ३२ वर्षिय वीरेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ती ८ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।














