
डोटी – सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा १४ दिनमा २५० जना पर्यटकले भ्रमण गरेका छन् । फागुन १ गतेबाट १४ गते सम्म सञ्चालन भएको हेलिटुर मार्फत दुई जना विदेशी पर्यटक र दुई सय ४८ जना आन्तरिक पर्यटक खप्तड पुगेका हुन् ।
खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मीक स्थल बडीमालिकाका लागि हेलीटुर सञ्चालन गरिएको भए पनि अत्याधिक हिउँका कारण बडीमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिएको आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड तथा माउनन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले हेलिटुर सञ्चालनमा ल्याएको थियो ।














