अचेलका विधार्थीमा न अनुशासन छ ,न मिहेनत गर्छन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी २ की जानकी साँउद विगत २७ वर्षदेखी शिक्षण पेसामा आवद्ध छिन् । २०५१ सालमा उनी पहिलो पटक शिक्षीकाको रुपमा कक्षा अगाडी उभीएकी थिइन् । त्यो समय अहिलेजस्तो विधालयका कक्षाकोठा विधार्थीले भरीभराउ हुन्थेनन्,अझ छात्राहरुको संख्या त निकै कम हुन्थ्यो । विधालय भर्ना भएकामध्य थुपै्रले बिचमै विधालय छोडेर जान्थे ।

कक्षाकोठाको अवस्था पनी उस्तै हुन्थ्यो । जिवनका १० वर्ष उनले अस्थाई शिक्षीकाको रुपमा बिताईन् । अहिले उनी १७ वर्षदेखी स्थाइ र ७ वर्षदेखी प्रधानाध्यापकको जीम्मेवारी समाह्लीरहेकी छीन् । उनी आवद्ध गोदावरी नगरपालीका ३ मा रहेको नवज्योती आधारभुत विधालयमा अहिले ६ सय भन्दा बढी विधार्थी छन् । यो २७ वर्षे शिक्षण पेसाका उनीसंग थुप्रै अनुभव छन् । टुकी बालेर पढ्दाको होस् वा विना ड्रेस विना खाजा विधालय जाँदाको होस्,उनी आफैले अनुभव बटुलेकी छिन् ।

nisarga

कहिलेकाँहि पहिलेको पढाई र अहिलेको पढाई, पहिलेका विधार्थी र अहिलेका विधार्थी बिचको फरक छुट्याउन खोज्दा प्रविधीका साधनहरुको बढी प्रयोग नहुँदा सम्मका विधार्थी उनलाई धेरै मिहेनती लाग्छन् । त्यो भन्दापनी महत्वपुर्ण कुरा त पहिलेका विधार्थीमा अनुशासन धेरै नै हुन्थ्यो । अहिगुरुलाई सम्मान गर्ने कुरामा होस् वा कक्षाकोठामा शान्त भएर बस्ने कुरामा होस् ।

विधार्थीले पुर्णरुपमा विधालयको नियमको पालना गरेका हुन्थे । उनी भन्छीन् “अहिले त शिक्षकलाई नमस्ते भन्नपनी हिचकिचाउँछन्,यो सबैमा लागु नहोला तर बढीमा त्यस्तै पाईन्छ ।” “अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियमको पालन गरेको पाइन्छ । विधार्थी जिवनमा यस्को महत्व अझै बढी छ । तर विधालयमा अनुशासनको अवस्था भने खस्कीदो छ । साँउदले भनीन् । ” स्कुले बालबालीकाको अगाडी प्रविधीका साधनहरु थुप्रै छन् तर तिनीहरुको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । साँउद भन्छीन् बच्चाले धेरै जानेजस्तो गर्छ तर आधारभुत कुरा समेत जानेको हुँदैन ।
समग्रमा सरकारी विधालयको अवस्था सुधार
पछील्लो समय सरकारी विधालयमा भौतिक पुर्वाधारका साथै पढाईको अवस्थापनी सुधार हुँदै गएको साँउदको बुझाइ छ । सरकार र सम्बन्धीत क्षेत्रमा काम गर्दे आएका गैह्र सरकारी सँस्थाहरुले विधालयको भौतीक पुर्वाधार संगै विभीन्न क्रियाकलापमा सहयोग गर्दै आएको उनले बताईन् । गैरह् सरकारी सँस्था जीआइजेडले विधालयमा छात्राहरुकोलगी स्यानीटेरी प्याडको व्यवस्था गर्दे आएको उनले बताईन् ।

यसैमा पछील्लो समय सरकारले पनी सहयोग गर्दे आएको छ । महिनावारी हुँदा रगत बग्ने समस्याकै कारण चार दिनसम्म्म विधालय नआउने छात्राहरु विधालयमै प्याड वितरण हुनथालेपछी अहिले निरन्तर आँउछन् साँउदले भनीन् “विधालय समयमै महिनावारी हुँदा बिचमै कक्षा छोडेर घर जानुपर्ने समस्याको पनी अन्त्य भएको छ ।” ग्लोबल एक्सन नेपाल,एमएचएमपिए,जिआइजेड र गोदावरी नगरपालिकाको सहकार्यमा अत्तरियामा जारी पाँचदिने महिनावारी स्वच्छताको शिक्षण सहयोगि सामग्रीको पुर्व अभ्यास तथा अभिमुखीकरण तालिममा भेटीएकी उनले यस्ता कार्यक्रमले पनी शिक्षकको क्षमता विकासमा धेरै सहयोग पुग्ने बताईन् ।

उत्त कार्यक्रममा गोदावरी नगरपालीकाभित्रका ८ ओटा विधालयबाट स्वास्थ्य शिक्षक सहित १६ जनाको सहभागीता रहेको छ । प्राध्यापकहरु लोकसेवाका चरण पास गरेर अनी विभीन्न तालीमहरु लिएर आउने भएकाले सरकारी विधालयको पढाईको अवस्था सुधार हुँदै गएको उनी बताँउछन् ि। निजी विधालयमा सन्तान पठाइसकेपछी आमाबुवाले धेरै चासो राख्छन् तर सरकारीमा पठाँउदा वास्तै गर्दैनन् उनी भन्छीन् “हामीले बच्चाको बारेमा जानकारी लिन आउनुस भनेर पटकपटक खबर गर्दापनी चासो नै राख्दैनन् ।”

सरकारी विधालयको अवस्था सुधार गर्नकालागी अभिभावकको भुमीकापनी महत्तवपुर्ण हुने उनको भनाई छ । पछील्लो समयमा सरकारी विधालयप्रति आम अभिभावकको विश्वास बढ्दै गएको उनले बताईन् ।