बानी बसाउन सरकारी,पढाउन नीजी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा बिहिबारदेखी महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण तालीम चलीरहेको छ ।

तालीममा गोदावरी नगरपालीकाभित्रका आठओटा विधालयका १६ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालीममा सहभागी प्राय सबै स्वास्थ्य शिक्षक हुन् । उनीहरुले नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी कक्षा ४ देखी १२ कक्षा सम्मको सन्दर्भ सामग्रीमाथी छलफल गरिरहेका छन् ।

nisarga

साथमा उनीहरु बालमैत्री कक्षाकोठा र सिर्जनशील सिकाइका बारे पनी अन्तरक्रिया गरिरहेका छन् । तालीममा प्रवेश गर्ने विषय उल्लेखीत मात्र नभइ प्रसंगबस थुप्रै जोडीन्छन् । शुक्रबार यस्तै प्रसंगबस निस्कीएको विषयमाथी तालीममा सहभागी शिक्षक यसोदा जोशीले भनीन् “हाम्रोतिर त धेरै जसोले बच्चाको बानी बसाउन सरकारी विधालयमा पठाँउछन्, जब बानी बस्छ,बच्चापनी पढ्ने उमेरको हुन्छ अनी निजीमा लैजान्छन् ।” तालीममा सहभागी अर्का शिक्षक दुर्गादत्त पन्तले पनी जोशीको कुरामा सहमती जनाउँदै भने “ यो ग्रामीण भेगका विधालयको समस्या नै हो । ”

कहिले शिशु कक्षामा राख्ने,कहिले ठुलो कक्षामा पढ्ने दाइदिदिहरुसंगै बस्न पठाइदिने गर्नाले ठुलो कक्षाको विधार्थीको पढाइमा समेत बाधा पुग्ने गरेको उनीहरुले गुनासो गरे । त्यस्तै कार्यक्रमका सहभागीहरुले विधालयमा दिवा खाजा वितरणको कार्यमा पनी चुनौती रहेको बताए । कतिपय अभिभावकले खाजाकै लागी भएपनी सानासाना बालबालीकालाई विधालय पठाइदिने वा विधालयको खाजा वितरणको समयमा विधालय बाहिरका बालबालीका पनी आएर हैरान गर्ने गरेको उनीहरुले गुनासो गरे ।

गोदावरी नगरपालीकाका शिक्षा शाखाका प्राविधीक सहायक विष्णुराज अवस्थीले सामुदायीक विधालयहरुको लागी यो चुनौतीको विषय रहेको बताए । तालीमका सहभागीहरुले विधालयमा किशोरीहरुलाई वितरण गरिदै आएको आइरन चक्कीका बारेमा आइरन चक्की खाएमा महिनावारी तलमाथी हुन्छ भन्नेजस्ता नराम्रो सन्देस प्रवाह भएका कारणले कतिपयले खान नमान्ने बताए । यसै प्रसंगमा गोदावरी नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले किशोरीहरुलाई आइरन चक्की खुवाउने धारणा डब्लु एच ओ बाटै प्रमाण्ीत भएर लागु भएकोले यस्मा हिचकिचाउनु पर्ने अवस्था नरहेको बताए ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी कक्षा ४ देखी १२ कक्षा सम्मको सन्दर्भ सामग्रीमाथी छलफल गरिरहेका उनीहरुले पछील्लो समय धेरैजसो किशोरकिशोरीहरु लागुऔषध दुव्र्यसनीमा फस्ने गरेकोले लागुऔषध सम्बन्धी विषयवस्तु ६ कक्षादेखी नै अध्यापन गराइनुपर्ने धारणा राखे । व्यवहारीक विषयहरु नैतिक,पुर्वव्यशायीक जस्ता विषयहरु पछील्लो समय कोर्ष सिलेबसबाट हटाइएकोले त्यस सम्बन्धी ज्ञान पाउनबाट विधार्थीहरु बञ्चीत भएको उनीहरुले बताए ।

प्रजनन् सम्बन्धीका कुराहरु सम्बन्धीत शिक्षकले खुलेर,सहज वातावरणमा अध्यापन गराएमा,किशोरकिशोरीहरुलाई महिनावारी,प्रजनन स्वास्थ्य,किशोरावस्थामा हुने विभीन्न शारीरीक परिवर्तन लगाएतको अध्यापन गराएमा परिणाममुखी हुने कुरा सहभागीहरुले व्यत्त गरे । ग्लोबल एक्सन नेपाल,एमएचएमपिए,जिआइजेड र गोदावरी नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

तालिममा गोदावरी नगरपालिका भित्रका आठ ओटा विधालयका शिक्षकहरुका साथै,विभिन्न संघसँस्थामा आवद्ध ब्यक्तिहरुको सहभागिता रहेको छ । फाल्गुन १९ गतेदेखी अत्तरियाको नमस्ते होटलमा जारी तालीम २३ गतेसम्म चल्नेछ ।