अदालतमा विचाराधीन मुद्धामाथी ज्योति मगरको भद्दा मजाक, अब यसो गरौँ,मिन्स भएन भन्दिउ(भिडीयो सहित)

Image
maya metro

अत्तरिया – मेला महोत्सवका स्टेजमा उत्ताउला शब्द तथा उत्तेजक प्रस्तुती राखेर कहिले विवाद त कहिले चर्चामा आइरहने गायीका हुन ज्योति मगर । कतिले उनलाई अंग प्रर्दशन गरेर चिनीन खोजेको आरोप पनी लगाँउछन् । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सोमबार तिनै गायीका ज्योति मगरको प्रस्तुती रह्यो । उपस्थीत दर्शकलाई उनले आफ्ना चर्चित गीत मार्फत मनोरञ्जन पनी दिईन् ।

उनले जिम्माल बाउकी छोरी लगाएतका गीत मार्फत दर्शकलाई मनोरञ्जन दिएकी थिईन् । देशकै चर्चित गायीका मगरले प्रस्तुतीकाक्रममा भनीन् “टिकटकतिर भाइरल वर्डतिर जाँउ है त , लाज किन बाबा, चोकतिर केटा हो चोकतिर,अत्तरियाको मेलातिर केटा हो , अब यसो गरौँ मिन्स भएन भन्दीउँ ।” गायीका मगरले अन्तीममा भनेको शब्द “अब यसो गरौँ, मिन्स भएन भन्दीउँ ”अभिनेता पल शाहले नाबालीग गायीकामाथी गरेको बलात्कारसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दा संग सम्बन्धीत शब्द हो ।

nisarga

बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहले आफुमाथी लागेको आरोप नियोजीत भएको भन्दै केहिदन अगाडी अडियो क्लीपहरु सार्वजनीक गरेका थिए । तिनै अडियो क्लीपमा यो शब्द पनी थीयो , “अब यसो गरौँ, मिन्स भएन भन्दीउँ ” । अभिनेता शाह र नाबालीग गायीकाको पक्ष र विपक्षमा थुप्रै बहसहरु चलीरहँदा देशका इज्जत भनीने प्रतिष्ठीत कलाकारले हजारौँ दर्शकको माझमा उभीएर रमाइलो गर्ने नाममा यस्ता शब्दहरु भनीरहदाँ पीडीत र स्वयम पीडक माथी समेत कस्तो असर पर्ला ?

अदालतमा विचाराधीन मुद्दामाथी कुनै पनी व्यतिmले अनाहकमा टिकाटिप्पणी गरी न्यायलाई प्रभावीत पार्ने काम गर्नु हुँदैन । कलाकारमाथी समाज परिवर्तनको मुख्य जिम्मेवारी छ । उनीहरुलाई समाज परिवर्तनका संवाहकपनी मानीन्छ । हजारौँ दर्शकको अगाडी उभीएर एक कलाकारले प्रस्तुत गर्ने हरेक शब्दले दर्शकको दिमागमा छाप छोड्दछ । तर गायीका मगरमा भने चर्चा र रमाईलो बाहेक अरु कुनैपनी कुराको हेक्का रहेको पाँइदैन । मेला महोत्सवमा ज्योति मगर आउने भए जाने की नजाने भनेर कतिलाई सोच्न बाध्य बनाउछ उनको प्रस्तुतीले ।

यस्तो छ भिडीयो :