डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु , एक घाइते

Image
maya metro

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका -७ पोखरीमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका – ४ का २५ वर्षीय ज्ञानबहादुर चौधरीको  घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी चौरपाटी गाउँपालिका – ३ का २४ वर्षीय नरबहादुर भूल घाइते भएका छन् ।

nisarga

घाइते भुललाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी भोला भट्टले जानकारी दिए ।